वडा प्रहरी कार्यालय बगरमा स्तनपान कक्ष निर्माण

पाेखरा | माघ २३, २०८०

वडा प्रहरी कार्यालय बगरमा स्तनपान कक्ष निर्माण

पोखरा:  वडा प्रहरी कार्यालय पोखरा १ बगरमा स्तनपान कक्ष निर्माण गरिएको छ ।

 

शिशु भएका सेवाग्राहीलाई लक्षित गरी स्थानीय तह र जनसहभागिताको सहयोगमा स्तनपान कक्ष निर्माण गरिएको हो ।

 

उक्त कक्षको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले गरे । 

 

सो अवसरमा बोल्दै एसपी थापाले सेवाग्राहीको सहजताकालागि निर्मित सो कक्ष निकै महत्वपूर्ण रहेको धारण व्यक्त गरे ।

 

यस्तै वडाध्यक्ष प्रधानले उक्त कार्यको प्रशंसा गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताएका थिए ।

 

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बगरका पदाधिकारी, पोखरा १ का जनप्रतिनिधि, स्थानीयहरुको सहभागिता रहेको थियो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्